तमघास, साउन २१ । गुल्मी दरवार गाउँपालिका वडा नं ५ भरुवाका किसान रमेश श्रेष्ठकाे भैसी मृत अवस्थामा फेला परेको छ ।
साँझ घाँस हालेर सुतेको बताउने श्रेष्ठको भैसीकाे टाउकोमा घन प्रहार गरी हत्या हुन सक्ने अनुमान लगाइएकाे छ । भैसी कसले किन मार्याे भन्ने विषयमा आफू अनभिज्ञ भएको श्रेष्ठले जनाएका छन् ।
लैनाे भैसीलाई अज्ञात समूहले टाउकोमा प्रहार गरेर हत्या गर्नुको पछाडी श्रेष्ठसँग रीस राग भएकाहरुले हुन सक्ने स्थानीयको ठम्याई छ ।