गुल्मी, जेठ २९ः गुल्मी जिल्लाकै शैक्षिक धरोहरका रुपमा रहेको रेसुंगा बहुमखी क्याम्पसको ३७औं साधारण सभाले समाजसेवी तथा रिडर्स पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीको नेतृत्वमा संचालक समितिको चयन गरेको छ ।

२०३९ सालमा तत्कालिन महेन्द्र नमुना माध्यमिक विद्यालयबाट प्रविणता प्रमाणपत्र तहबाट सुरु भएको रेसुंगा क्याम्पसको अहिले पुस्तकालय र प्रशासनीक भवन सहित ५ वटा भवनमा संचालन हुँदै आएको छ ।
प्रविणता प्रमाणपत्र तहबाट सुरु भएको रेसुंगा क्याम्पसमा अहिले एमएड र एमबिएड सम्मको अध्ययन हुने गरेको छ । क्याम्पसको संस्थापक प्रमुख स्वर्गीय ज्ञानहरी आचार्य रहेका थिए भने लामो समय शशी पन्थीले यो क्याम्पसलाई कमाण्डीङ गरेका थिए ।
क्याम्पसको संस्थापक अध्यक्ष बरिष्ठ समाजसेवी नरप्रसाद श्रेष्ठ रहेका थिए भने अहिले रहेका भवन बनाउन जग्गा परमानन्द भण्डारीले खरिद गरीदिएका थिए ।
२०४२ सालदेखि अहिले चलिरहेको स्थानमा क्याम्पस चलेको हो । जनताको रगत पसिनाबाट बनेको सामुदायिक रेसुंगा क्याम्पस साधन र स्रोतमा देशमै अग्रस्थानमा आउँछ । ३७औं साधारण सभाबाट अध्यक्षमा निर्वाचित श्रीप्रसाद भलामीले आफ्नो पहिलो प्राथमिकता शैक्षिक गुणस्तर बृद्धी गरी बाहिर जाने विद्यार्थीलाई रोक्ने हुने बताए ।
३७औं साधारण सभाबाट उपाध्यक्षमा धर्म बहादुर बिश्वकर्मा, कोषाध्यक्ष दुर्गा चन्द्र बोहोरा निर्वाचित भएका छन् । क्याम्पस प्रमुख सदस्य सचिव रहेको संचालक समितिको सदस्यमा पार्वता थापा, छवीलाल पन्थी, यज्ञश्वर पन्थी, दर्गा पाण्डे, हरी कुमार श्रेष्ठ, हरीलाल न्यौपाने, ठाकुर पाण्डे, पूर्ण खत्री र गोपाल भुसाल निर्वाचित भएका छन् ।
अन्य पदेन सदस्यहरुमा जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिका प्रमुख, वडा अध्यक्ष र निवर्तमान अध्यक्ष रहेन छन् । अध्यक्ष लगायत सबै संचालक समितिका पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।