गुल्मीको रेसुंगामा हरेक शुक्रबार उडान हुने

| 2023 Apr 28 | 06:20 pm 1537

गुल्मी, बैशाख १५ः दुई पटकको परीक्षण उडान पछि पनि नियमित उडान हुन नसकेको रेसुंगा विमानस्थलमा आज नेपाल एयरलायन्सले सफल परीक्षण उडान गरेको छ ।

आज बिहान भएको परीक्षण उडान पछि यस अघिको उदाहरण दिदै सामाजिक संजालमा दिनभर व्याङ्ग्यात्मक टिप्पणी भएका थिए । गुल्मेली शंकालाई मेटाउँदै नेपाल वायुसेवा निगमले एक प्रेस विज्ञप्ती जारी गरी अब नियमित उडान हुने जनाएको छ ।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी र नेपाल वायुसेवा संघका प्रवक्ता योगराज कणेलको अथक प्रयासबाट हरेक शुक्रबार उडान हुने भएको छ ।

हवाई सेवाको भाडा ५ हजार ५ सयबाट भित्र हुने कुरा पनि कडेलले बताएका छन् । परीक्षण उडान पछि नेपाल वायुसेवा निगमले एक विज्ञप्ती जारी गरी काठमाडौं रेसुंगा काठमाडौं सेक्टरमा हवाई उडान संचालन गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष निर्देशन रहेको निगमका प्रवक्ताले जनाएका छन् ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.