गुल्मीको एसइई रिजल्टमा सागरले सबैलाई डुबाए

रिपोर्ट नेपाल | 2019 Jun 28 | 04:34 pm 7318

गुल्मी, असार १३:  सदरमुकाम तमघासमा रहेको रेसुङ्गा माध्यमिक विद्यालयमा अध्ययनरत सागर पुरीले एसइई परीक्षाको रिजल्टमा सबै विषयमा ४ जिपिए ल्याएर जिल्ला टपेका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर २ को सामुदायिक विद्यालयबाट सागर पुरीले प्राप्त गरेको नतिजा प्रति शुक्रबार विद्यालयले हर्षोल्लास मनाउँदै उनीलगायत एसइईमा  सफल हुने अन्य विद्यार्थीलाई बजार परिक्रमा गराएको छ ।

बजार परिक्रमा गराउने क्रममा जिल्लाको उत्कृष्ट बन्न सफल सागरलाई तमघास बजारबासीले खादा लगाइदिएर स्वागत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयश्वर पन्थीले रिपोर्ट नेपाललाई बताए । सानै उमेरदेखि पढाइमा ज्यादै मेहनती भएको र त्यसको प्रतिफल एसइईमा ल्याएको प्रधानाध्यापक प्रेम भण्डारीले बताए ।

गुल्मीको क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका अर्खावाङ स्थायी घर भएका सागरका बुबा ज्ञानकुमार पुरी रेसुङ्गा माध्यमिक विद्यालयका विज्ञान विषयका शिक्षक हुन् । जिल्लाका सबै विद्यालयका विद्यार्थीलाई पछि पार्दै उत्कृष्ठ बनेका सागरलाई जिल्लाभरबाट बधाईको ओइरो लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.