गुल्मीको अर्बेनीमा पुनः मतदान शुरु

| 2022 Nov 22 | 09:13 am 1357

गुल्मी, मंसिर ६ः गुल्मीको क्षेत्र नम्बर १ मा पर्ने कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा आज फेरि मतदान शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडलका अनुसार भगवती माविको क र ख केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान शुरु भएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई बाँडिएपछि विवाद भएको थियो । र, मतदान स्थगित गरिएको थियो ।

भगवती क र ख केन्द्रको मतदान सकिएपछि क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने भएको छ । गुल्मी १ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.