गुल्मीकी मृगौला पीडित रुमकलालाई दुई संस्थाको सहयोग

| 2018 Aug 06 | 08:48 am 6871

काठमाडौं, साउन २१ : दुबै मृगौला फेल भएर जिवन र रोगसँग लडिरहेकी गुल्मीकी एक महिलालाई अमेरीकामा रहेका गुल्मेलीहरुले आफू सक्दो आर्थिक सहयोग गरेका छन् ।

रेसुङ्गा नगरपालिका वडा नं. ३ भाँडगाउँकी ३६ बर्षीय रुमकला घर्तीको दुबै मृगौला फेल भएका कारण यतिखेर शिक्षण अस्पताल महाराजगंजमा लाइलोसिस गराउदै समग्र दानवीरसँग आफ्नो जिवनको भिख मागिरहेकी छन् ।

दुई छोरा एक छोरीकी आमा रुमकला घर्तीले रिपोर्ट नेपालसँग आखाँभरी आँसु लिदै गरीबीले पिल्सीएको परिवारमा जेनतेन श्रीमान श्रीमती मिलेर बच्चाको लालनपोषण र शिक्षा दिइरहेका बेला एक्कासी दैवले यो अवस्था बनायो ।

आफू सन्तानको उज्वल भविश्यका लागि बाँच्न चाहेको बताउदै आफ्नो प्राण रक्षाको लागि सहयोग गर्ने दानवीरहरुलाई धन्यवाद समेत दिएकी थिइन ।

उनले मेरो जिवन रक्षार्थ आफ्नो रगत पसिनाको कमाइ दिने दानवीर प्रति ऋणी भएको बताउदै आफू रोगबाट निको भएपछि प्रत्यक्ष ऋण चुक्ता गर्न नसके पनि सन्तानलाई सक्षम बनाएर राष्ट्र सेवामा समर्पित गराई राष्ट्रभावबाट जागृत बनाई राष्ट्रको सेवा मार्फत दानवीरको स्मरण गर्ने बताइन ।

अमेरिकामा रहेको गुल्मेलीको परोपकारी संस्था गुल्मी अमेरिका मोडेल मुभमेन्ट (गाम) का पदाधिकारीले पठाएको रकम नेपाली कांग्रेसका नेता त्रैलोक्यप्रताप सेन र रिपोर्ट नेपालका निर्देशक कृष्णप्रसाद सापकोटाले शिक्षण अस्पताल महाराजगंजमा हस्तान्तरण गर्ने समयमा मुगौला पीडित घर्तीले उल्लेखित भनाई राखेकी थिइन ।

गामका अध्यक्ष हरीनारायण सापकोटा र संस्थापक अध्यक्ष श्रीमती गोमा सेनको सकृयतामा ७४ हजार ७ सय ३६ रुपौयाँ विभिन्न दाताबाट जम्मा गरी पठाइएको थियो । रुमकला घर्तीको पूर्ण स्वास्थ्यको कामना गर्दै अमेरीकाबाट हरीनारायण सापकोटा, गोमा सेन, रेशम रायमाझी, राजेन्द्र गौतम, अशोक ज्ञवाली, दुर्गा खत्री पौडेल, मन सर्बुजा मगर, लक्ष्मण अर्याल, सारदा कुँवर, प्रतिभा रायमाझी, प्रतिक्षा रायमाझी, भिम पन्त, झविन्द्र खरेल, कृष्ण पन्त, पुरुषोत्तम पन्थी, यम अर्याल लगाएतका गामका पदाधिकारीले रकम पठाएका थिए ।

घर्तीको जिवन रक्षार्थ गुल्मी बाहिरका अमेरीकामै रहेका गिता पोख्रेल, प्रभात भट्टराईले समेत आफू सक्दो सहयोग गरेको गामका अध्यक्ष हरीनारायण सापकोटाले बताए ।

त्यसै गरी उनको जिवन रक्षार्थ मानव नेपाल नामको सामाजिक संस्थाको सकृयतामा २७ हजार रकम जम्मा गरी मृगौला पीडित घर्तीलाई हस्तान्तरण गरीएको छ । संस्थाका उपाध्यक्ष नविन मरासिनीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

संस्थाबाट ११ हजार रुपैयाँ र अन्य विष्णु केसी, निर्मला केसी, झकबहादुर केसी, देवबहादुर केसीबाट सहयोग प्राप्त गरी हस्तान्तरण गरीएको उपाध्यक्ष मरासिनीले बताए ।

मृगौला पीडित रुमकला घर्तीलाई सहयोग गर्न चाहाने दानवीरले उनका श्रीमानले चलाउने ९८४७१८५४९८ मा फोन सम्पर्क गर्न सकिने बताइएको छ ।

मृगौला पीडित घर्तीलाई आफ्नै जन्मदिने आमाले अर्को जुनी दिनका लागि मृगौला दान गर्ने भएकी छन् । उनलाई दान गर्न चाहानेका लागि बैंक अफ काठमाडौंको ०५३७०००००९५३५२४ नम्बरको बचत खातामा समेत रकम जम्मा गर्न सकिने परिवारले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.