गुल्मीका ७१ वटा उजुरी अख्तियारमा

रिपोर्ट नेपाल | 2019 Apr 17 | 07:09 pm 2433

गुल्मी, वैशाख ४ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय बुटवलमा गुल्मीका ७१ वटा उजुरीहरु परेको कार्यलयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवलका सुचना अधिकारी शुरेस भुसालका अनुसार फागुन मसान्त सम्ममा शिक्षासंग सम्बन्धीत २१, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग संबन्धित २२, भूमी सहकारी तथा गरिबी निवारण मन्त्रालयसंग सम्बन्धित २, भौतिक पुर्वाधार तर्फ १०, वन तथा वातावरण तर्फ २, स्वास्थ्य तर्फ १, गृह मन्त्रालय तर्फ १, उर्जा जलस्रोत सिंचाई तर्फ ७, संस्कृति तथा पर्यटन तथा नागरिक उड्यान अन्र्तगत १, खानेपानी तर्फ १ र कृषि तथा पशुपन्छी अन्र्तगत ३ गरि कुल ७१ वटा उजुरी परेको जानकारी दिए ।

कुल ७१ वटा उजुरी मध्ये २२ वटा कर्मचारी नियुक्ति, दलिय हस्तक्षेप लगायतका उजुरी परेको कार्यलयले जनाएको छ । यसै गरी शिक्षा क्षेत्रमा कुल २१ मध्ये भवन निर्माणमा अनियमितता, छात्रवृत्तीको रकममा हिनामिना भएको उजुरी परेको छ ।

यसैगरि भौतिक पुर्वाधार तर्फ सडक निर्माणमा अनियमितता, आर्थिक चलखेल तगायतमा १० वटा उजुरी परेको भुसालले बताए । यसै गरी विद्युत, सिंचाई र कमसल खालका पोलहरु खरिद गरेको भन्दै ७ वटा उजुरी परेको हो ।

कुल ७१ वटा उजुरी मध्ये ३२ वटा उजुरीहरुको फरस्यौट भईसकेको सुचना अधिकारी भुसालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.