गुल्मीका समाजसेवी शाक्यको निधन

| 2021 Jun 24 | 03:06 pm 11949

गुल्मी, असार १०ः नेपाली कांग्रेस मुसिकोट नगरपालिकाका सभापति एवम् बरिष्ठ समाजसेवी ५३ वर्षीय सुदर्शन शाक्यको निधन भएको छ । गत शनिबार आफ्नै निवास वामी टक्सारमा हृदयघात भएपछि शाक्यलाई उपचारका लागि बुटवल लगिएको थियो ।

No description available.

बुटवलको सामुदायीक मुटु अस्पतालमा उपचारार्थ भर्ना गरिएका शाक्यको बुधबार राति पुनः हृदयघातका कारण निधन भएको हो । उपचारका क्रममा निधन भएका शाक्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस गुल्मीको कार्यालयमा लगिएको थियो ।

शाक्यको पार्थिव शरीरमा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले झण्डा ओढाएका थिए । अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेस नेता श्रेष्ठले सुदर्शन शाक्य राजनीतिक मात्र नभएर सामाजिक व्यक्तित्व भएको बताएका थिए ।

No description available.

आफ्नो श्रद्धाञ्जली मन्तव्यमा सभापति श्रेष्ठले शाक्यको निधनले नेपाली कांग्रेसलाई मात्र नभएर सिङ्गो मुसिकोट नगरपालिकालाई समेत अपुरणीय क्षति पुगेको बताए । शाक्य सबैलाई मिलाउन सक्ने समन्वयकारी व्यक्तित्व भएको पनि श्रेष्ठले बताए ।

त्यस्तै नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थीले शाक्यको मिजासपन र सरलताका कारण दर्जन भन्दा बढी संघसंस्थाको नेतृत्व गर्ने अवसर पाएको बताए ।

No description available.

कांग्रेस प्रतिको उनको निष्ठा र इमान्दारीता सधै सम्झने लायकको भएको पन्थीको भनाई रहेको थियो । शाक्य श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्रको अध्यक्ष, उद्योग बाणिज्य संघ मुसिकोटको अध्यक्ष, महेन्द्र आदर्श माध्यमिक विद्यालयको अध्यक्ष, पुष्पाञ्जली रेडियोको निवर्तमान अध्यक्षका साथै दर्जानौ संघ संस्थामा आबद्ध रहेका थिए ।

शाक्यलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि जिल्लामा रहेका सबै राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

No description available.

त्यस्तै रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी, जनप्रतिनिधि, पत्रकारका साथै सामाजिक क्षेत्रमा काम गर्ने समाजसेवीहरु पनि अन्तिम श्रद्धाञ्जली दिनका लागि कांग्रेस पार्टी कार्यालय पुगेका थिए ।

पार्टी कार्यालयको श्रद्धाञ्जलीपछि उनको शवलाई अन्तिम संस्कारका लागि जन्मथलो वामी टक्सार लगिएको थियो । स्वर्गीय शाक्यका श्रीमती दुई छोरा र तीन छोरी रहेका छन् ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.