गुल्मीका तरुणले दिए प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

रिपोर्ट नेपाल | 2018 Jul 22 | 04:54 pm 2533

  • रमेश विक

गुल्मी, साउन ६ :  चिकित्सक शिक्षा र चिकित्सक क्षेत्रको विकासका लागि २३ औँ दिनदेखि सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको मागप्रति समर्थन र जीवन रक्षाको माग गर्दै गुल्मीका तीन तरुण नेताले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल तरुण दलका क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष सन्तोष थापा, नगर अध्यक्ष कृष्णप्रसाद पाण्डे र जिल्ला सदस्य कृष्ण पाण्डेले संयुक्त हस्ताक्षर गरी आइतबार प्रमुख जिल्ल अधिकारीलाई ज्ञापन पत्र दिएका हुन् ।

ज्ञापन पत्रमा शनिवार शान्तिपूर्ण जुलुसमाथि गरिएको अक्रमणको निन्दा गरिएको छ , नेपाली कांग्रेसको सरकारले जारी गरेको चिकित्सक शिक्षा अध्यादेश समस्याको वास्तविक समाधान भएको उल्लेख गर्दै त्यसलाई जस्ताको तस्तै ल्याउन माग गरिरहेको छ । डा केसीको स्वास्थ्य स्थिति कमजोर हुँदै जाँदा पनि सरकार गैर जिम्मेवारी ढंगाले प्रस्तुत हुँदा अत्यन्तै दुख लाग्दो विषय भएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्रको अन्त्यमा चिकित्सक शिक्षा विधेयक, चर्को मूत्य वृद्धि, संविधानको धारा ९१ उपधारा २ को कार्यान्वयन निषेधाज्ञा लागएतका मुद्दाहरूमा आन्दोलन जारी रहेको उल्लेख गर्दै सरकार यही रवैयाबाट अधिनायकवादी शैलीमा अगाडी बढेकोमा त्यसको विरुद्ध एकीकृत आन्दोलनको ज्वारभाटा ल्याउने चेतावनी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.