गुल्मीका डाक्टर उत्तमलाई बधाईको ओइरो

| 2021 Aug 16 | 08:01 am 2917

गुल्मी साउन ३२ : जिल्ला अस्पताल गुल्मीमा कार्यरत डाक्टर उत्तम पच्याको दसौतहमा बढुवा भएको छ। आफ्नै जन्मभूमिलाई कार्य थलो बनाउदै आएका पच्याले कोभिड १९ बाट पिडित गुल्मेली जनताको जिबन रक्षार्थ अहोरात्र खट्ने गरेका छन्। आफ्नो स्वास्थ्यलाई भन्दा जनताको स्वास्थयको बिषयमा अत्यन्तै चिन्ता गर्ने डाक्टर पच्याको बढुवा भएपछि गुल्मी जिल्लाका सामाजिक संघ संस्थाले खुशी व्यक्त्त गरेका छन्।

पच्याको सरकारले उच्च मुल्यांकन गरेको भन्दै गुल्मीमा रहेका प्राय सबै सामाजिक संघ संस्था र समाजसेबी हरुले सामाजिक संजाल मार्फत सरकारलाई धन्यबाद दिएका छन्। पच्याको बढुवा भए लगत्तै फेसबुक बाट उनलाई बधाई दिनेको ओइरो चलेको छ। स्मरण रहोस डाक्टर पच्या गुल्मी जिल्ला अस्पतालको प्रमुखका रुपमा आएपछि स्वास्थ्य सेवामा आमुल परिवर्तन भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.