गुल्मीका जीवबहादुरले गरे विद्यालयलाई सहयोग

| 2021 Oct 25 | 01:18 pm 2449

गुल्मी, कात्तिक ८ः छत्रकोट गाउँपालिका वडा नम्बर ३ का ८४ वर्षीय जीवबहादुर कार्कीले स्थानीय विद्यालयलाई ५१ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।

आफ्नो चौरासी पुजाको अवसरमा कार्कीले भगवती आधारभुत विद्यालयलाई उक्त रकम सहयोग गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक धनपती पन्थलाई रकह हस्तान्तरण गर्दै कार्कीले उक्त रकम अक्षयकोष जम्मा गरी असहाय र जेहेन्दार विद्यार्थीलाई पठन पाठनका लागि खर्च गर्न आग्रह गरेका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा कार्कीका छोरा इश्वरी कार्की, रेसम कार्की र गोपाल कार्कीले बुबाको इच्छा बमोजिम रकम विद्यालयलाई दिएको भन्दै बाबुको दिर्घायुको कामना गर्दै चौरासी पुजामा उपस्थित र सहयोगीलाई धन्यवाद दिएका थिए ।

रकम ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक धनपती पन्थले कार्की परिवारलाई धन्यवाद दिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.