गुल्मीका जनप्रतिनिधिहरुले फिर्ता गरे दोहोरो सुबिधा बापतको रकम

रिपोर्ट नेपाल | 2019 Mar 15 | 08:31 pm 1878

गुल्मी, चैत १ : गुल्मीका जनप्रतिनिधिहरुले राज्यकोषको दोहोरो सुबिधालिई दोहन गरेको खुल्न आएको समाचार विभिन्न अनलाईनमा प्रकाशित भए पश्चात दोहोरो सुबिधाको रकम फिर्ता गरेका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष भरतलाल थापा पुर्व निजामती कर्मचारी भएको र उनले नेपाल सरकारकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिदै आएका थिए ।

यस्तै सोही गाउँपालिकाका वडा नम्बर–६ हरेवाका वडा अध्यक्ष गोकर्ण प्रसाद शर्माले पुर्व शिक्षक भएकाले नेपाल सरकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिर्दै आएको चन्द्रकोट गाउँपालिकाका सुचना अधिकारी बसन्त राबतले जानकारी दिए ।

अध्यक्षद्धयले शुक्रबार चन्द्रकोट गाउँपालिकाबाट लिदै आएको भरतलाल थापाले २ लाख ३७ हजार छपन्न रुपैयाँ र गोकर्ण प्रसाद शर्माले २ लाख चारहजार ४ सय १६ रुपौयाँ गाउँपालिकाको संचित खातामा जम्मा गरिदिएको गाउँपालिकाका सुचना अधिकारी बसन्त रावतले बताए ।

५ नम्बर प्रदेशले बनाएको कानुनमा निवृत्तिभरण पाउनेको हकमा उपलब्ध हुने हकको सुबिधामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सेवाबाट अवकास लिई यस्तो सरकार वा तहबाट निवृत्तिभरण पाईरहेको कुनै व्याक्ति वा पदाधिकारी, सदस्य वा सभा सदस्य निर्वाचित भएमा त्यस्तो व्याक्तिले दफा ३ बमोजीम मासिक सुबिधा वा निवृत्तिभरण मध्य कुनै एक मात्र सेवा लिन पाउने स्पस्ट उल्लेख गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.