गुल्मीका गठबन्धनको काठमाडौंमा गर्जन

| 2022 Nov 06 | 03:25 pm 2077

काठमाडौं, कात्तिक २०ः नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीकी सचिव तथा गुल्मी क्षेत्र नं. २ कि प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अधिनायकवादी चरित्रका कारण आफूहरुले बाध्य भएर पार्टी विभाजन गरेको कुरा बताएकी छन् ।

काठमाडौंमा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार झाँक्रीले पाँच दलीय गठबन्धन संविधानको रक्षार्थ भएको बताइन् ।

No description available.

ओली प्रवृत्तीले देशलाई भड्खालोमा हाल्ने प्रष्ट देख्दा देख्दै टुलुटुलु हेरेर बस्न नसकेका कारण एकीकृत समाजवादीको जन्म भएको झाँक्रीको भनाई रहेको थियो ।

लोकतान्त्रिक बाम गठबन्धन गुल्मी काठमाडौं सम्पर्क समितिद्वारा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति एवं क्षेत्र नं. २ (क) का प्रदेश उम्मेदवार भुवनप्रसाद श्रेष्ठले संविधानको रक्षार्थ र मुलुकको आमुल परिवर्तनका लागि गठबन्धनलाई जिताउनुपर्ने धारणा राखेका थिए ।

नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार त्रैलोक्यप्रताप सेनले दुई–दुई पटक संसद विघटन गरेर संविधानमाथि धावा बोल्ने केपी शर्मा ओलीले कट्टर राजावादीसँग घाँटी जोडेर राजसंस्था फर्काउन लागेको आरोप लगाएका थिए ।

गठबन्धन सम्पर्क समितिका संयोजक कृष्ण खरेलको संयोजकत्वमा भएको अन्तरकृया कार्यक्रममा गुल्मी २ (ख) का उम्मेदवार बुद्धी जीसीले विकास र मुलुकको निकासका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा स्वागत भाषण विष्णु अर्यालले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.