काठमाडौं, बैशाख ४ः राष्ट्रले चिन्न नसकेका कारण अमेरीका पुगेका गुल्मीका प्रेम कुँवरलाई त्यहाँका संघ संस्थाले चिनेर भलिबल प्रशिक्षण लिने गरेका छन् ।

गुल्मी जिल्लाको सदरमुकाम तमघास छापाटोलमा जन्मीएका कुँवर नेपालबाट थुप्रै पटक अन्तराष्ट्रिय भलिबल खेलेका खेलाडी हुन् ।
नेपालमा खेलकुद र खेलाडी प्रति गरिने भेदभावका कारण देश छाडेका कुँवरले देशमा हुने भलिबल खेल र त्यसको विकासको लागि भने सात समुन्द्र पारीबाट समेत सहयोग गर्ने गरेका छन् ।
अन्तराष्ट्रिय खेलाडी प्रेम कुँवरले देशमा सक्षम भलिबल खेलाडी उत्पादन होउन भन्ने उद्देश्यले प्रदेश भलिबल संघ विराटनगर कोशीलाई खेलकुद सामाग्री खरिदका लागि आफ्नो रगत पसिना बाट आर्जन गरेको ७ सय युएस डलर सहयोग गरेका छन् ।

आफ्ना भलिबल खेलका गुरु कपिलकृष्ण श्रेष्ठको प्रमुख प्रशिक्षकत्वमा झापाको दमकमा हुने भलिबल तालिमका लागि कुवँरले रकम पठाएका हुन् ।
देशले पहिचान गर्न नसकेका कारण देश छाडेका कुँवरको देश र भलिबल प्रतिको प्रेमको पूर्वेली खेलाडीले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।