गुण्डा नाइके सत्यमान लामा पक्राउ

| 2019 Jul 03 | 07:10 am 2620

काठमाडौं, असार १८:  गुण्डा नाइके सत्यमान लामा ठगी आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो।

काभ्रे घर भएका लामाले पछिल्लो समय समाजसेवाको नाममा ठगी गरेको आरोप लागेको छ। काभ्रेको तिमाल गाउँपालिका–५ नारायणस्थानमा भूकम्प पीडितको नाममा अस्पताल बनाउँछु’ भन्दै उनले एक करोड ७५ लाख रुपैयाँ ठगी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

०७२ सालको भूकम्पपछि ताइवानको एक संस्थाबाट उनले भूकम्प प्रभावितका लागी २५ शैय्याको अस्पताल बनाउने भन्दै रकम लिएर डोजर मात्रै लगाएर छाडेका थिए।

काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गत वर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए। यसअघि रक्तचन्दन तस्करीमा पनि प्रहरीले उनलाई पक्राउ गरेर कारावाही गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.