गुणस्तरीहीन स्यानिटाइजर बजारमा

| 2020 Oct 11 | 08:04 am 2260

काठमाडौं, असाेज २५ः नेपाल सरकारले हाल बजारमा बिक्री–वितरण हुँदै आएका हात तथा वस्तुको निर्मलीकरणका लागि प्रयोग गरिने केही स्यानिटाइजर गुणस्तरहीन भएको जानकारी गराउँदै यसको प्रयोग नगर्न दैनिक अखबारहरुमा सार्वजनिक सँचनाजारी गरेको छ ।

भारतमा निर्मित पामाकियर, चीनमा निर्मित ओपेकल र नेपालमा निर्मित सासा, युनिकियर, इन्सट्यान्ट, एड्भान्स ह्यान्ड एन्ड सँर्यमुखी नामका स्यानिटाइजर गुणस्तरहीन भएको सरकारले बताएको छ ।

औषधी व्यवस्था विभागका अनुसार चार कम्पनीबाट निर्मित स्यानिटाइजर गुणस्तरहीन मात्र नभई प्रयोगकर्ताको स्वास्थ्यका लागि हानिकारक पनि छन् । त्यसमा प्रयोग भएको विषयुक्त रसायन मानव स्वास्थ्यलाई घात गर्ने खालको छ । सरकारले सम्बन्धित उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

नेपाल समाचारपत्रले चारवटै कम्पनीसँग सम्पर्क गरी उनीहरुको प्रतिक्रियालिने प्रयास गरेकोमा नेपालस्थित भारतीय कम्पनी आरएल कर्पका प्रमुख व्यवस्थापक सक्षम चौधरी मात्र उपलब्ध भएका छन् ।

हाम्रो स्यानिटाइजर गुणस्तरहीन भएको हामी स्वीकार गर्छौंं, तर सबै ब्याचका सामान गुणस्तरहीन भएको भने होइन, केही सामानमा समस्या देखिएपछि हामीले बजारबाट फिर्ता लैजाने प्रक्रिया शुरु गरिसकेका छौं । चौधरीले औषधी व्यवस्था विभागमा असोज ६ गते २४२३ नम्बर चिठी दर्ता गरेर समस्या रहेको स्वीकार गरिसकेको जानकारी गराए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.