गुठी विधेयक परिमार्जनको संकेत

| 2019 Jun 13 | 08:29 am 2135

काठमाडौं,  जेठ ३०:  गुठी विधेयकविरुद्ध आन्दोलन चर्किएपछि सरकारले परिमार्जनको संकेत गरेको छ।

बुधबार साँझ विज्ञप्ति जारी गरी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले  गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न अघि सारिएको विधेयकमा देखिएका चासो र चिन्ताप्रति ध्यानाकर्षण जनाउँदै विभिन्न पक्षबाट आएका राय, सल्लाह, सुझावलाई समेटेर अघि बढ्ने स्पष्ट पारेको छ।

सरकारले संस्कृति र सम्पदा मास्नेगरी भूमाफियाको पक्षमा गुठी विधेयक ल्याएको भन्दै काठमाडौं उपत्यकामा आन्दोलन चर्किदै गएको छ । गुठी विधेयकविरुद्ध दिनप्रतिदिन प्रदर्शन, जुलुस, कोणसभा हुँदै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.