काठमाडौं, जेठ ३१: सरकारले अघि सारेको गुठी विधेयकको सर्वत्र विरोध भएको छ । केहिदिन देखि काठमाडौं, ललितपुर र भक्तपुरमा विधेयकको विरोध गर्दै आन्दोलन भइरहेका छन् ।
आन्दोलनलाई नियन्त्रण गर्ने सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ । मुस्लिम समुदायले समेत आन्दोलनमा एक्यबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त यसको खुलेरै विरोध गरेको छ ।
विधेयकको विषयमा शुक्रबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले समाजका अगुवासँग छलफल गरेका छन् । प्राचार्य केदाभक्त माथेमा लगायत विभिन्न गुठीयारहरुको उपस्थितीमा गरिएको छलफलमा विधेयकले संस्कृतिमाथि ठाडो प्रहार गरेको निश्कर्ष निकालिएको छ ।
गुठीयारहरुको प्रस्तावमा भोली शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म शिवपार्वती डबली बसन्तपुरमा धर्ना दिने कार्यक्रम रहेको नेता जोशीले जानकारी दिएका छन् ।