गुजरातमा घरेलु मदिरा सेवनबाट २४ को मृत्यु, ४० भन्दा बढी बिरामी

| 2022 Jul 26 | 12:10 pm 1549

गुजरात, साउन १०: भारतको गुजरात राज्यको बोटाद जिल्लमा घरेलु मदिरा सेवन गर्नाले ४० भन्दा धेरै मानिस अस्पताला भर्ना भएका छन्। यो घटनामा मंगलबार बिहानसम्म २४ जनाको मृत्यु भइसकेको बीबीसी समाचारमा उल्लेख छ।

मदिरा सेवनबाट बिरामी भएका मानिसहरुलाई उपचारका लागि भावनगर, बोटाद र अहमदाबाद पठाइएको छ। गुजरातका डीजीपी भाटियाका अनुसार प्रहरीले हालसम्म रक्सी बनाउने र बेच्ने ५  जनालाई नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धानमा सहयोग गर्न गुजरात एटीएस मंगलबार बिहान बोटाड पुगेको छ । भावनगर रेन्जका आईजी अशोक कुमार यादवले डीएसपी दर्जाका अधिकारीले एसआईटीको नेतृत्व गर्ने बताएका छन्।

यस बाहेक गुजरात एटीएस र अहमदाबाद क्राइम ब्रान्चले पनि यस घटनाको अनुसन्धान सुरु गरेको छ। घटना भएको गाउँका सरपंच जिगर डुंगारानीले घटनामा सिस्टमको लापरवाही भएको आरोप लगाएका छन् ।

उनले भने, ‘तीन–चार महिनाअघि एसपी र पीएसआईलाई लिखित उजुरी दिएँ तर समस्याको समाधान भएन ।’ बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.