गीत
मेरो मुटु सुम्पे तिमीलाई यो ज्यान पनि दिनेछु
यो जुनी मात्र होइन सयों जुनी पनि तिम्रै हुनेछु
किस्मतले अव्वल जीवन साथी रोज्न पाएँ
परीको देशबाट सुन्दर अप्सरा खोज्न पाएँ
स्वर्गसरी लाग्छ तिम्रो अंगालोमा हुन पाए
भाग्यमानी हुन्थे यसरी तिमिसंगै बस्न पाए
मेरो मुटु सुम्पे तिमीलाई …………………….
हजारों सुन्दर फूल मध्य मनपरेको रोज्न पाएँ
ईश्वर को वरदान हौ तिमि मागेर मैले पाएँ
चाहना मेरो उमेरभरी तिमि संगै बाच्न पाए
मरेर पनि तिमीलाई यसरी माया गर्न पाए
मेरो मुटु सुम्पे तिमीलाई …………………….
© कृष्ण बहादुर थापा