गित
मुटु खोलेर अब केही कुरा गर्दिन म
मनका भावनाहरु अब पोख्दीन म
विश्वासको जग टेकेर धेरै कुरा खोलें
थुप्रिएर मनमा बसेका सबै थोक बोलें
मन हलुका पार्न खोज्दा हलुङ्गो भएँ
दिनु हुन्न मनपेट बल्ल अब बुझ्ने भएँ
मुटु खोलेर…..
आफ्नै ठानी मनका सबै बह पोखें
मनभित्र रहेका वेदना जति खोलें
मर्म पखाल्न खोज्दा धमिलो भएँ
बुझ्दैनन पिर अरुले बल्ल बुझ्ने भएँ
मुटु खोलेर…..
- कृष्ण बहादुर थापा