गाेरखामा विप्लवका दुई कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 May 06 | 09:12 am 1803

गोरखा, वैशाख २३: सरकारद्वारा प्रतिबन्ध लगाएइकाे नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका नेता कार्यकर्तालाई सरकारले आक्रामक रुपमा नियन्त्रणमा लिन थालेकाे छ । यसै  क्रममा प्रहरीले गोरखा जिल्ला इञ्चार्जसहित दुई जनालाई  पक्राउ गरेको छ ।

प्राप्त समाचार अनुसार आइतबार पालुङटार नगरपालिका–७ स्थित खोलाघाट क्षेत्रबाट जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भोला रावलले बताए ।

उनीहरुलाई गोप्य सूचनाको आधारमा च्याङली प्रहरी चौकीबाट खटी गएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई सदरमुकाममा ल्याएर अनुसन्धान अघि बढाइको प्रहरीेले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.