काठमाडौँ, साउन ३० । गत साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । राष्ट्र बैंकका एक अधिकृतका अनुसार गालेपछि सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको छ ।
टक्सार महाशाखाकाअनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि गाल्दा केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।
‘रेडी ट्रेड प्रालि’ले असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत सुन मगाएको खुलेको थियो । १६० वटा ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो । सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको बताएको छ ।