दाङ, असाेज २६ः गुडिरहेको विद्युतको गाडीबाट खसेर दाङमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका १० की ६६ बर्षीया गोमा सुवेदी रहेकी छन् ।
उनी आइतबार राती पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका ९ रिहार नजिकै विद्युत प्राधिकरणको बा १ ञ २२३१ नम्वरको गाडीबाट खसेर गम्भीर घाइते भएकाे पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे हाे ।
गम्भीर घाइते भएकी गाेमाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा सोमवार विहान मृत्यु भएको प्रहरीले बताएको छ ।