कास्की, मंसिर २५ः गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुने भएको छ । विवाह हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपजोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ रहेका छन् ।
उनीहरुबीच सामाजिक परम्पराअनुसार शुक्रबार विवाह हुने बुझिएकाे छ ।
उक्त विवाह समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पनि उपस्थित हुने बताइएको छ ।