गाउँपालिका अध्यक्ष अधिकारीको पलहमा विरामीको हेलिकप्टर मार्फत उद्धार

रिपोर्ट नेपाल | 2022 May 28 | 08:18 pm 1793

बागलुङ, जेठ १४ः बडिगाड गाउँपालिकाबाट एक बिरामीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अचानक विरामी भएर गम्भीर अवस्था आएपछि हेलिकप्टर मार्फत थप उपचारका लागि पोखरा पठाईएको हो ।

बडिगाड गाउँपालिका वडा नं ८ की दिलमाया पाईजाको स्वास्थ्यमा अचानक मुटु सम्बन्धी समस्या आएको र तत्कालै अस्पताल पठाउनुपर्ने भएपछि प्रभु बैकंको हेलिकप्टर मार्फत पोखराको मणिपाल अस्पताल पठाईएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष थापाकै पहलमा हेलिकप्टर मगाएर पोखरा उपचारका लागि पठाईएको हो । अहिले उनको अवस्था सुधारोन्मुख रहेको बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.