- महेश सिंह
सिरहा, कात्तिक १३ः जिल्लाको बिष्णुपुर गाउँपालिकामा ब्यापक अनियमितता भैरहेको वडा नम्बर– १ का वडा अध्यक्ष गोपिन्द्र यादवले बताएका छन् ।
गाउँपालिकामा अनियमितता भएको भन्दै स्थानीयले पत्रकार सम्मेलनको आयोजना गरेका थिए। कार्यपालिकामा समेत जनकारी नगराई मनोमानी ढंगले गाउँपालिका प्रमुखले पछिल्लो दिनहरुमा अनियमितताका बिभिन्न गतिबिधिहरु संचालन गर्दै आईरहेको उनीहरुको आरोप रहेको छ ।

वडा नम्बर –१ मा १६ वटा सार्बजनिक पोखरी छन्, मलाई समेत जानकारी नदिई कौडीको भाउमा पोखरीहरु गाउँपालिका अध्यक्षले कार्यकर्ताहरुलाई दिएको सम्मेलनमा अध्यक्ष यादबले बताए ।
बिभिन्न विकास निर्माणको कार्यदेखि लिएर कर्मचारी भर्ना, शिक्षक भर्नाको नाममा गाउँपालिका अध्यक्ष जागेश्वर यादबले कार्यकर्ता भर्ति केन्द्र बनाएको उनले भने ।
कुनै सुचना तथा जनकारी बिना गाउँपालिका अध्यक्षले प्रक्रया बिना १२ जना शिक्षक र १९ जना कार्यालय सहयोगी नियुक्त गरेको, चौकिदार, सल्लहकार, पिए नियुक्त लगायतमा ब्यापक अनियमितता गरेको उनले बताए ।
यस्ता गतिबिधी गाउँपालिकाले नसच्याएको खण्डमा जनताको साथ लिई आफू कडा आन्दोलनमा जाने उनले चेतावनी दिएका छन् । उक्त बिषयमा गाउँपालिका अध्यक्ष जोगेश्वर यादवसंग पत्रकारहरुले बुझ्न खोज्दा हामी पत्रकार सम्मेलन गरेर सो बारेमा जनाकारी गराउने बताएका छन् ।