गाउँपालिकाबाट सूचना नपाएको भन्दै एक युवकले गरे पत्रकार सम्मेलन

रिपोर्ट नेपाल | 2020 Jun 05 | 11:10 am 3073

  • महेश सिंह

लहान, जेठ २३ः जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकामा भएका र भैरहेको कामहरुको योजनाहरु पारदर्शी नभएको भन्दै गाउँपालिकाका एक युवकले पत्रकार सम्मेलन गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ र २०७६ / ०७७ मा संचालित योजनाहरुमा गाउँपालिकाले कुनै किसिमको पारदर्शी नगरेको सो गाउँपालिका वडा नम्बर–२ का बलराम यादबको आरोप रहेको छ ।

गाउँपालिका र पुर्वाधार विकास कार्यालय सिरहाबाट २०७५ /०७६ मा संचालित योजनाहर गाउँपालिका र तीनकोनी चोकको सडक कालोपत्रेमा भएको खर्च, सुर्य नारायण यादबको पोखरी रिटेनीङ्ग वालमा भएको खर्च , तीनकोनी चोकमा बनाईएको सार्बजनिक शौचालयमा भएको खर्च लगायतका कामहरुमा लागत एस्टिमेट आज सम्म गाउँपालिकाले सार्बजनिकिकरण नगरेको उनको आरोप रहेको छ ।

गाउँपालिकाले बिकास निर्माणको कुनै पनि काम गर्दा सार्बजनिक सुचना बोर्ड नराख्ने गरेको भन्दै उपभोत्ता समिती र ठेकेदार मार्फत भएका बिभिन्न योजनाको कामकाजहरु गाउँपालिकाको मिलोमत्तोमा भईरहेको उनले बताए ।

उनले भने– मैले खर्च विवरणको सुचना माग गर्न गाउँपालिका पुगेको थिए, तर मलाई गाउँपालिका अध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृतले सुचना तँलाई किन दिने भनेर तँ सुचना माग्ने को होस भन्नेर पठाईदिए, तँ फुच्चेले के गर्न सक्छस भनेर गाउँपालिका अध्यक्ष केदार यादबले मलाई हप्काएर मलाई पठाई दिए ।

सूचनाको हक सम्बन्धी नेपालको संबिधान २०७२ को भाग–३ को धारा २७ र मुलुकी देबानी कार्यबिधि संहिता अनुसार सुचना माग गर्न जाँदा पनी गाउँपालिकाले निबेदन दर्ता पनि नगरेको उनले बताए ।

उनले भने, त्यसपछि मैले पूर्वाधार विकास कार्यालय सिरहामा मिति २०७६। ०७।०८ गते गते निबेदन दर्ता गराए ।

पत्रकार सम्मेलनमा यादबले भने साथी उतिमलाल यादब र म सूचना माग गर्न राष्ट्रिय सूचना आयोग बानेश्वर देखि, उच्च आदालत जनकपुर राजबिराज सम्म पुगे ।

आदालतबाट हामी सूचना पाउन मुद्दा पनि जितेको छु, गाउँपालिकामा आदालतबाट सूचना दिन आदेश आईसकेको छ, तर गाउँपालिकाले सूचना दिन हालसम्म कुनै वास्ता नगरेको उनको आरोप रहेको छ ।

गाउँपालिकामा भैरहेको भ्रष्टाचारी रोक्न म नेपाली नागरीकको हैसियतले सूचना मागेको थिँए, गाउँपालिकाले आदालतबाट भएको फैसलाको पनि बेवास्ता गरिरहेको पत्रकार सम्मेलनमा उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.