मुगु, कात्तिक ६: जिल्लामा रहेको दुई माध्यामिक विद्यालयमा कार्यरत शिक्षकहरुले तिहारमा पनि तलव खान नपाउने भएका छन् ।
जिल्लाको सोरु गाँउपालिकामा पर्ने नार्थपु र धैनकोट माध्यमिक विद्यालयमा कार्यरत दुबै विद्यालयका शिक्षकहरुले दशैँमा पनि तलब पाएक थिएनन् भने तिहारमा पनि तलव नपाउने भएका छन् ।
उकत विद्यालयमा प्रधानध्यापक योग्यता भन्दा फरक नियूत्ति गरेको र विद्यायलय व्यवस्थापन समितिको गठन नगरेको लगायत अन्य विभिन्न कारणबस गाँउपालिकाको निर्णय अनुसार २ विद्यालयको खाता रोक्का गरेको हो ।
त्यहीँ कारण शिक्षकले दशै र तिहारमा तलव नपाएको सोरु गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धान्य बुढाले बताए।
प्रधानध्यापक र विद्यालय व्यवस्थापनको कारण हामी शिक्षकले दशैमा तलब पाएनौँ, दशै र तिहार जस्तो उत्सवमा पनि तलव पाइएन माध्यमिक विद्यालय नार्थपुका शिक्षक मानसिंह बुमीले जनाए ।