गाउँपालिकाका सवइन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Feb 24 | 07:53 pm 1771

कास्की, फागुन १२: घुस रकमसहित मादी गाउँपालिका कार्यक्षेत्रका सवइन्जिनियर नवलेस कुमार रौनियार पक्राउ परेका छन् ।

उनले कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

रौनियार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट सो गाउँपालिका क्षेत्रमा खटिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.