भोजपु, असाेज ३ः जिल्लाको हतुवागढी गाउँपािलकाका उपप्रमुखको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया चन्द्रमा राई हुन् । उनकाे उपचारको क्रममा गएराती राती मृत्यु भएको हो ।
एक सातादेखि ज्वरो, खोकी र पखालाले ग्रस्त भएका उपप्रमुख राईलाई भदौ २९ गते प्राथमिक स्वास्थ्य केन्द्र घोरेरटारमा भर्ना गरिएको थियो । केन्द्रमा उपचारपछि डिस्चार्ज गर्ने गरिए पनि उनको ब्लड प्रेसरमा समस्य देखिएपछि असोज १ गते बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको हतुवागढी गाउँपालिकका प्रमुख प्रेमकुमार राईले बताए ।
उपमप्रखु राईको धरानमा उपचार हुन नसक्ने बताएपछि न्यूरो हस्पिटलमा लगेर उपचार सुरु गरिएको थियो ।
राईको शवलाई भोजपुर ल्याउने विषयमा छलपल हुने गाउँपालिका अध्यक्ष राईले बताए ।