गाईघाटकी १५ वर्षीया किशोरीलाई बेचबिखनको लागि लैजादै गर्दा दुई युवक पक्राउ

| 2023 Sep 19 | 04:03 pm 1789

उदयपुर, असोज २ । उदयपुर घर भएकी एक युवतीलाई बेचबिखनका लागि लैजादै गरेको आशंकामा दुई जना पक्राउ परेका छन् । सदरमुकाम गाईघाट बजार घर भएकी ती युवतीलाई ललाईफकाई प्रलोभनमा पारेर बेचबिखन गर्न लैजादै गर्दा त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेस्थित ढाटबाट सिराहा घर भएका युवक र रेष्टुरेन्ट संचालक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटनामा त्रिनपां– १० बोक्सेस्थित ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक २७ वर्षीय अनिल शिवा र सिरहाको लहान नगरपालिका वडा नम्बर १९ का २८ वर्षीय सतिशकुमार यादव पक्राउ परेका हुन् ।

उनीहरुको शंकास्पद गतिविधि देखेर सोधपुछ गर्दा पत्ता लागेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । समातिएका युवकहरुको साथमा रहेकी ती किशोरीको उमेर १५ वर्ष बुझीएको उदयपुर प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.