गाँजा तस्कर र प्रहरीबीच भिडन्त

रिपोर्ट नेपाल | 2018 Jul 18 | 11:26 am 4146

महोत्तरी, साउन २: महोत्तरीमा प्रहरी र गाँजा तस्करबीच मंगलबार मध्यराति दोहारो भिडन्त भएको छ।

एकडारा गाउँपालिका ३ अजमरपटिबाट पर्सा हुँदै भारततर्फ गाँजा तस्करी गरि लैजान लागेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खडकाको नेतृत्वमा खटिएको प्रहरी टोली र गाँजा तस्करहरूबीच मंगलबार राति साढे ११ बजेको समयमा दोहरो भिडन्त प्रहरीले जनाएको छ।

डिएसपी खडका नेतृत्वको प्रहरी टोली र तस्करहरुबीच एकडारा गाउँपालिका ३ अजरमटि पर्सा सडक खण्डमा जम्काभेट भएपछि दोहरो भिडन्त शुरु भएको थियो।

प्रहरीलाई देखे लगतै १५-१६ जनाको संख्यामा रहेका गाँजा तस्करहरुको तर्फबाट पहिलो ४ राउण्ड फायर भएपछि प्रहरीले पनि जवाफी कारवाहीमा फायर गरेका थिए। प्रहरीको तर्फबाट चार राउण्ड स्यानो पेस्तोल र २ राउण्ड एसएलआरको गोली फायर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीले हवाई फायरिङ्ग गरेपछि तस्करहरु ५ वटा पोकामा प्याकिङ्ग गरिएको ३३ किलो गाँजा छाडेर फरार भएका थिए। फायरिङ्गमा कुनै मानवीय क्षति भने नभएको डिएसपी खडकाले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.