- महेश सिंह
सिरहा, मंसिर ८: ईलाका प्रहरी कार्यलय लहान र सशस्त्र प्रहरी वेस क्याम्प लहानबाट खटिएको प्रहरी टोलिले सखुवानान्करकट्टि गाउँपालिका ४ मा गाँजा फडानि गरी नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक सुमित कुशवहाको कमाण्डमा २० जना र सशस्त्र प्रहरीवाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा १० जना गरी जम्मा ३० जनाको टोली गाँजा नष्ट गरेका हुन् ।
सखुवा गाउंँमा रहेको १ सय घरधुरीको ईलाकामा अवैध रुपमा लगाईएको २ हजार गाँजाको बोट फडानी गरी नष्ट गरीएको प्रहरी निरीक्षक कुश्वाहाले जानकारी दिए ।