गल्फर सुवास तामाङलाई दोहोरो स्वर्ण

| 2019 Dec 06 | 02:13 pm 2438

काठमाडौं, मंसिर २०: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा गल्फर सुवास तामाङले दोहोरो स्वर्ण जितेका छन् ।

उनले व्यक्तिगत र टिम इभेन्टतर्फको दुबै स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २ सय ७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे ।

यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.