गलकोट समाज जापान क्षेत्रिय समिति टोकियोको ५औं अधिवेशन सम्पन्न

रिपोर्ट नेपाल | 2020 Sep 16 | 08:39 pm 2220

  • थम्मन थापा

बागलुङ, भदौ ३१ः गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको ५औं अधिवेशन सम्पन्न गरी अध्यक्षमा रमेश कुमार खत्री चयन भएका छन् ।

क्षेत्रीय समिति टोकियोको सम्पन्न भेलाले आगमी २ वर्षे कार्य अवधिको लागि अध्यक्षमा खत्रीसहित २६ जनाको कार्यसति चयन गरेको हो ।

जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशन मार्फत नयाँ कार्यसमित चयन गरिएको गलकोट समाज जापानका संरक्षक बेलुकाजी थापाले जानकारी दिए ।

कार्य समितिको उपाध्यक्षमा राजु बस्नेत, दुर्गा खत्री, हिमाल कंडेल र दुर्गा थापा, सचिवमा दिनेश थापा, लेखा समिति संयोजकमा कृष्ण गौतम, उप संयोजकमा सन्तोष पुन र दिपक सुवेदी चयन भएका छन् ।

त्यसैगरी समितिको कोषाध्यक्षमा इश्वर बस्नेत, सह–सचिवमा रविन केसी, बसन खत्री, सह कोषाध्यक्षमा प्रकाश न्यूरे र प्रकास केसी रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा दण्ड केसी, राजन कंडेल, दिपक सुवेदी, डम्मर खत्री, थम क्षत्री, धन बहादुर खत्री, मिलन गैरे, महेश तुलाचन, गगन खत्री, रामु खत्री, प्रकाश कार्की र तेजेन्द्र सिंह बस्नेत रहेका छन् ।

गलकोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्रीको प्रमुख आतिथ्ता रहेको कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु, सक्रिय सदस्यहरू लगायतलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा समाजका केन्द्रीय संस्थापक अध्यक्ष कृष्ण गौचनको विशिष्ट आतिथ्यता रहेको थियो । सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन सचिव दुर्गा खत्री र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजु बस्नेतले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सदस्य दिनेश थापाले धन्यवाद मन्तव्य राखेका थिए । टोकियोको सोलमारी मुरा हलमा सम्पन्न कार्यक्रम समाजका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षता, उपाध्यक्ष रमेश कुमार खत्रीको स्वागत र सचिव दुर्गा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापान बस्दै आएका नागरिकहरूको हक हित र अधिकार अनि सामाजिक एकताको निमित्त समाज स्थापना गरिएको छ । समाजले स्थापनाकाल देखि विभिन्न सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.