गलकोटमा परम्परागत होली मेला

रिपोर्ट नेपाल | 2021 Mar 10 | 02:46 pm 2473

बागलुङ, फागुन २६ः होली पूर्णिमा मेला २०७७ नजिकिए सँगै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले आफ्नो ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ भव्य अनि सभ्य रूपमा मनाउने भएको छ ।

संस्थाको कार्यालय मल्म सप्ताहघाटमा सम्पन्न कार्यसमिति, सल्लाहकार, सरोकारवालाको बैठकले मेला आयोजना गर्ने निर्णय गरेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

आगामी चैत १३ गतेदेखि १५ गते सम्म होली पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद तथा सांस्कतिक कार्यक्रम सहित राष्ट्रिय स्तरका कलाकारहरुको साथमा मेला गर्न लागिएको अध्यक्ष थापाले बताए।

मेलाको अवसरमा बृहत कृषि मेला प्रदर्शनी, वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, सामूहिक लोक नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने समितिका उपाध्यक्ष जीवन साहनीले बताए ।

मेला अवधिभर जेष्ठ नागरिक, भूतपूर्व भलिबल खेलाडी, सक्रिय समाजसेवी, सफल व्यवसायी सम्मान गरिने संस्थाले जनाएको छ ।

मेलामा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । स्थापनाकाल देखि नै सामाजिक कार्यमा सक्रिय रहेको घुम्टे युवा परिवारले सामाजिक जागरणको अभियानमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

बागलुङ जिल्लाकै पुरानो संस्था घुम्टे युवा परिवार खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ विसं २०४१ सालमा स्थापना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.