गर्भवती बिरालो मार्ने ट्याक्सी चालकलाई २ वर्षकाे जेल सजाय !

रिपोर्ट नेपाल | 2019 Jan 18 | 06:32 pm 1952

क्वालालमपुर, माघ ४  :  बिरालाे मार्नेलाई जेल सजाय ! सुन्दा अचम्म लाग्न सक्छ । तर मलेसियामा यस्तै भएकाे छ । एकजना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजाय फैसला गरेको छ ।

समाचार एजेन्सीहरुले जनाएअनुसार गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा मलेसियाकाे अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको हाे । जनावर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रुपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए ।

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ । विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।

एक जना महिलाले मारिएको त्यो विरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । साे उजुरीपछि दाेषी ठहर गरिएको ४२ वर्षीय मोहनराजले आफूले जानीजानी बिरालोको हत्या नगरेको दाबी गर्दै आएका छन् । तर उनको आग्रह र दावीलाई अस्वीकार गर्दै अदालतले बिहीबार दुई बर्षे जेल सजाय सुनाएको हाे।

मलेसियामा यसरी जनावर हत्याकाे आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था छ । तर न्यायधीशहरूले ती चालकलाई दुई वर्ष मात्र सजाय तोकेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.