गरिबी निवारण मन्त्रालयका पाण्डे गृह सचिवमा सरुवा

| 2021 Aug 09 | 07:41 pm 2609

काठमाडौँ साउन २५: आज वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो । गृहसचिवमा कार्यरत महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा सरुवा गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा पठाएको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्तमा रहेका सचिव किरणराज शर्माको प्रदेश नं. ३ को प्रदेश प्रमुख सचिवमा र कृष्णहरी पुस्करलाई प्रदेश नं. ५ को प्रदेश प्रमुख सचिवमा सरुवा गरिएको जनाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.