कास्की, कात्तिक २३ः विश्व महामारीको रुपमा फैलिई रहेको कोरोना भाईरस नियन्त्रणको लागि नेपाल सरकार द्धारा जारी गरिएको लकडाउन (बन्दा बन्दी) खुकुलो भए पश्चात सडकमा सवारी साधनको संख्या बृद्धि भए सँगै सवारी दुर्घटना समेत बढ्न सक्ने सम्भावनालाई बढेको छ ।
उक्त सम्भावनालाई मध्यनजर राखि सम्भावित सवारी दुर्घटना न्युनिकरणको लगि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा संचालन हुने गरी मिति २०७७ कात्तिक २३ गते (आइतबार)बाट पहिलो चरणमा एक महिनाका लागि दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याएको छ ।
यस र्यक्रम अन्तरगत सडकमा खटिइको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्छ अनि सावरी चालकलाई सम्मानपुर्वक नमस्कार गर्दछ ।
त्यसपछी कोरोना भाईरसबाट बच्नको लागि सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउदाँ अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मोटरसाइकल र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरी सवारी साधन नचलाऔँ र तिब्र गतिमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामुलक सन्देश दिन् र तपाईको यात्रा सुरक्षित रहोस् नमस्कार भनि १ मिनेट भित्र बिदा गर्ने जनाइएको छ ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्ठहरुले एकै पटक यो कार्यक्रम शुरु गरिएको छ भने यसलाई पहिलो चरणमा १ महिनासम्म संचालन गरिने छ ।
कोभिड १९ को संक्रमणबाट बच्ने बचाउने र सवारी चालकको लापरवाहीबाट हुने दुर्घटनामा न्युनिकरण होस् भन्ने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।