कास्की, भदाै २१ः गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरना भाइरस संक्रमण पुष्टि भएकाे छ । कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङमा परेका प्रमुख अर्यालको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उनी अहिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निवासमै आइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ ।
नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ । एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।
त्यही गणमा प्रहरीसँगै खाना खाएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्य पनि कोराना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिररहेका छन् ।