गजुरीबजारमा गुडिरहेको बसमा अचानक आगलागी

| 2021 Oct 24 | 10:50 am 2681

काठमाडौँ कत्तिक ०७ : गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान एक्कासी आगलागी भएको छ। सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ। छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ। बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.