काठमाडौं, असार २५ : नेपाली कांग्रेसका सांसद गगन थापाले संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिको भरोसा के रहन्छ ? भन्ने प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसदभवनमा सञ्चारमकर्मीसंगको कुराकानीमा उनले सभामुख सरकारको छायाको रुपमा प्रस्तुत भएको आरोप लगाए।
सरकारले प्रतिपक्षी दललाई पेलेर जाने नियत राखेको र सभामुखले त्यसलाई सभामुखले अनुसरण गरेको भन्दै उनले भने, ‘यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।’
सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेकाे पनि बताए । उनले भने ‘संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिको भरोसा के रहन्छ, सभामुखले पेलेर जाने रवैया, नियत राख्नुभएको छ।’
मंगलबारसम्म संसदीय समिति गठन गर्ने सकारात्मक रहेका सभामुख सरकारको निर्देशनमा पछि हटेको उनको दाबी छ । सांसद थापाले अघि भने, ‘संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसद र कानुनमन्त्रीले हामी तयार छैनौं भन्नुभयो । सभामुखले त्यही मान्नुभयो ।’