खोला तर्ने क्रममा बगेका श्रीमानको शव फेला, श्रीमती बेपत्ता

रिपोर्ट नेपाल | 2018 Aug 28 | 07:21 pm 1748

रामेछाप, भदौ १२ : गोठमा बस्तुलाई घाँस हालेर घर फर्कँदा खोला तर्ने क्रममा बगेका लिखु तामाकोसी गाउँपालिका वडा नं ५ नागदहका लीलाबहादुर तामाङको शव मृत अवस्थामा फेला परेको छ ।

गत सोमबार साँझ गोठमा बाँधेका गाईबस्तुलाई थुनेर घर फर्कने क्रममा स्थानीय गैरीखोलाले स्थानीय लीलाबहादुर र उनकी श्रीमती वर्ष ४४ की रणमाया तामाङलाई बगाएको थियो । अविरल वर्षातका कारण दिनभर पानी परेका कारण गैरीखोलामा बाढी आएको थियो । बेलुका अबेरसम्म पनि दम्पती घर नफर्किएपछि परिवारका सदस्यहरूले उनीहरूको खोजी गर्दै इलाका प्रहरी कार्यालय धोबीमा जानकारी गराएका थिए ।

घटनापछि सोमबार रातीदेखि नै स्थानीय र प्रहरीको मिलेमतोमा उनीहरूको खोजी भइरहेको थियो । खोजी गर्ने क्रममा मगंलबार दिउँसो मात्र श्रीमान् वर्ष ३६ का लीलाबहादुरको शव सोही खोलाको श्रीपन्चमी भन्ने स्थानमा फेला परेको थियो भने श्रीमती भने अहिलेसम्म अज्ञात रहेको निजको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.