स्याङजा, असार १४ः खोलाले बगाएर स्याङजामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही घर भइ वालिङ ५ बस्दै आएका लोक बहादुर थापा रहेका छन् ।
उनलाई सोही स्थानको लसुने खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
साथै, चार दिनदेखि परेको अविरल वर्षाका कारण स्याङजाको सिद्धार्थ राजमार्गमा समेत दर्जनौ स्थानमा पहिरो गएर अवरुद्ध पारेको छ।
ग्रामीण भेगका सयौँ घरहरु पहिरोको जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति स्याङजाले पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ।