खोलाले बगाउँदा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 15 | 02:56 pm 2380

अर्घाखाँची, चैत २: जिल्लाको भूमिकास्थान नगरपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका ९ ढिकुरा चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलाल रहेका छन् ।

चरेपानीमा रहेको पातले खोलाले बगाएर उनको मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.