खोपको दोस्रो मात्रा सुरु

रिपोर्ट नेपाल | 2021 Oct 27 | 07:29 am 1521

काठमाडौँ, कात्तिक १०ः कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मङ्गलबारबाट लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बिहीबारसम्म यो खोप लगाइनेछ ।

परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका आठवटा स्थानीय तहका १८ वर्ष उमेरभन्दा माथिका ८६ हजार व्यक्तिलाई दोस्रो मात्रा लगाइने बताए ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५६९ र एन्टिजेन परीक्षणबाट ९७ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ६२२ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.