खैरो हेरोइनसहित दुई युवक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 05 | 02:40 pm 2075

झापा,  मंसिर १९ : प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका ७ निवासी २४ वर्षीय हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका २ निवासी २३ वर्षीय जनक सुन्दास रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका ६ स्थित भन्सार गेटबाट पक्राउ गरेको हो।

काकँडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका उनीहरू सवार मे५प ३६३५ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीमा प्लाष्टिकमा पोको पारी सेतो टेपले बाँधेर लुकाई छिपाई ल्याइएको ४ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। यता, पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.