खेत जाेत्ने ट्याक्टर पल्टिँदा एककाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 13 | 03:38 pm 5815

चितवन, असार २८:  खेत जोतेर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका– १६ खैरेटिका ४५ वर्षीय नारायण भनिने झवराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिए  ।

शनिबार खेतकाे काम सकेर फर्केकाे ना ७ त ४११ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भइ पल्टिँदा चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।

मध्याह्न १२ः४० बजे भएको उक्त दुर्घटनामा परी घाइते उनको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा दिउँसो १ः४५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
ट्याक्टर १५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.