खुकुरी प्रहार गर्ने एक भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 04 | 01:27 pm 2071

काठमाडौं, मंसिर १८  : काठमाडौं महानगरपालिका ९ स्थित गौशाला चोकबाट धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा भारत बिहार घर भई काठमाडौं तिलगंगामा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले सर्लाही हरिवन घर भई हाल काठमाडौं गौशाला बस्ने ३० वर्षीया प्रमिला वाग्ले अधिकारीलाई खुकुरी प्रहार गरेका थिए ।  घाइते भएकी प्रमिलालार्इ उपचारको लागी ओम अस्पताल चाबहिल लगिएको प्रहरीले बताए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.